काठमाडौँ । प्रदर्शनरत फिल्म ‘डिसेम्बर फल्स’ की अभिनेत्री उपासनासिंह ठकुरीको अभिनय ‘हात्तीछाप’मा पनि रहने भएको छ । फिल्मको मुख्य भूमिकाका लागि उनी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली ठकुरीसँग फिल्म अभिनयका लागि बुधबार सम्झौता गरेका छन् ।
नेपालीको केही अगाडि फिल्म ‘दुई नम्बरी’ आएको थियो । यो फिल्ममा पनि अभिनेत्रीको रुपमा ठकुरीनै रहेकी थिइन् । ‘हात्तीछाप’का लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् । निर्माता नेपालीले उनलाई चित्तबुझाए फाइनल गरिएको बताए ।
सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय रहने फिल्म सिमोस सुनुवारले निर्देशन गर्न लागेका हुन् । एक्सन–थ्रिलर बिषयमा निर्माण हुने फिल्मका सांसद दीपक मनाङ्गे ,व्यवसायी अमलादेवी राई निर्माताको रुपमा रहेका छन् । फिल्मको छायांकन चैतदेखि सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘खुस्मा’मा बाँधियो धिरज र उपासनाको जोडी