चुनाव हारेपनि मतदातालाई धन्यवाद दिन रामचन्द्र पौडेल तनहुँमा

आइतबार, ०२ पुस २०७४, १३ : ५२
चुनाव हारेपनि मतदातालाई धन्यवाद दिन रामचन्द्र पौडेल तनहुँमा

चितवन । चुनाव हारेपनि मतदातालाई धन्यवाद भन्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्रमा फर्केका छन् । तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पराजित भएका पौडेल मतदातालाई धन्यवाद भन्न आइतवार र सोमवार निर्वाचन क्षेत्रमा पुगेका छन् ।

२०४६ सालको परिवर्तनपछि भएका हरेक निर्वाचन विजयी भएका पौडेल यस पटक नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसानबाट ६ हजार ८०२ मतले पराजित भएका थिए । पौडेलले आँबु खैरिनीबाट धन्यवाद भन्दै सत्रसय बरादी, बिमलनगर, डुम्रे, नाहाला, देउराली, कमलबारी लगायतका स्थानमा गरिने कार्यक्रममा सहभागी हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस