एजेन्सी । स्पेनले हाल लेबनानमा कार्यरत रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई थप सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो इच्छा व्यक्त गरेको बताइएको छ । उनी लेबनान भ्रमणमा गएका छन् ।
त्यस क्रममा उनले लेबनानमा रहेको स्पेनको सैन्य समूहको कार्यको पनि निरीक्षण गरेका छन् । हाल लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (युनिफिल) रहेको छ । सो मिसनले यहाँ शान्ति स्थापना गरी यहाँको आन्तरिक सङ्कट र विद्रोहलाई शान्तिपूर्ण माध्यमबाट समाधानका गर्नका लागि काम गरिरहेको जनाएको छ ।
यहाँ स्पेनको सैन्य बटालियन सन् २००६ देखि नै काम गरिरहेको छ । स्पेन लेबनानमा शान्ति सेना पठाउने सबैभन्दा ठूलो देश हो । स्पेनका प्रधानमन्त्री सान्चेजले हालैका वर्षहरुमा लेबनानले सिरियाली र अरु शरणार्थीहरुलाई शरण दिइरहेको विषय प्रशंसा पनि गरेका थिए ।
साथै उनले आगामी दिनमा स्पेनले लेबनानलई विभिन्न हिसाबले सहयोग पुर्याउने भन्दै स्पेनले युरोपियन युनियनमार्फत सहयोग गर्ने बाचा पनि गरेका थिए । यसैबीचमा लेबनानी प्रधानमन्त्री नजिब मिकाटीले पनि स्पेन सरकारलाई धन्यवाद दिएका थिए । स्पेनले ६ सयभन्दा बढी शान्ति सैनिक पठाएर लेबनानमा शान्तिका लागि सहयोग गरेको भन्दै प्रधानमन्त्री नाजिबले स्पेनका प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनमा बाढीपछि रुष्ट जनता सडकमा
स्पेनमा बाढीको विपत्ति: राजा-रानी र प्रधानमन्त्रीको अनुहारमा हिलो छ्यापियो, सवारीमा ढुंगामुढा
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालद्वारा १५ पन्ने कार्ययोजना पेस (पूर्णपाठ)
स्वीजरल्याण्डमाथि स्पेनको शानदार जित