सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको सिंहदरबार बाट गाडीको टायर चोरी

आइतबार, ०२ पुस २०७४, १२ : १२
सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको  सिंहदरबार बाट गाडीको टायर  चोरी

चितवन ।  सिहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिन्छ । तर, सिंहदरबार भित्रबाटै गाडीको टायर  चोरी भएको छ ।

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको हो ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्‍याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए ।

तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।

सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि सबैले अचम्म मानेका छन् । गाडी पार्किङ्ग गरेको स्थान र सेना र प्रहरीको ड्यूटी स्थल करिब २० मिटरको दुरीमा छ ।

अरुलाई गाडीका पार्टपूर्जा सम्बन्धी जानकारी नहुँने भएकोले चोरी कार्य ड्राइभरहरुबाटै हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

प्रतिक्रिया दिनुहोस