दार्चुला । दार्चुलामा महाकाली नदीमा बगेर एक वृद्धाको ज्यान गएको छ । महाकाली नगरपालिका-४ बांगाबगर घर भएकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवालको नदीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए ।
नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् । उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला परेको हो । भारतीय प्रहरीले ढुङ्गाको बीचमा अड्किएको शव निकालेका थिए । मृतकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे
महाकाली नदीको जल सतह उच्च
महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता