चितवन । सडक डिभिजन कार्यालय भरतपुरले शनिबार पनि नारायणगढ बजारमा सडक सीमा मिचेर बनाएका संरचनामा डोजर चलाएको छ ।शुक्रबार लायन्सचोक र पुल्चोकबीचमा दक्षिणतर्फका घरटहरा भत्काएको कार्यालयले सोही ठाउँमा सडकको उत्तरतर्फको संरचना भत्काएको हो । सडक सीमा मिचेर बनाएको घर टहरा भत्काउन पटक पटक आग्रह गर्दा पनि नभत्काएपछि डोजर चलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । डोजरले घर टहरा भत्काउन थालेपछि कतिपय घरधनीले भने आफ्नो संरचना आफैं भत्काएका छन् ।
नारायणगढ गोन्द्राङ सडकखण्डको विस्तारको ठेक्का पाएको निर्माण कम्पनीले सडक डिभिजनलाई सडक सिमा क्लियर गरिदिन दबाव दिएको थियो । डिभिजनले सडक मिचेर बनेका संरचना नभत्काए सडक विस्तारको काम गर्न नसक्ने भन्दै दवाव दिएको थियो । ठेक्काको म्याद सकिन जम्मा ३ महिना मात्रै बाँकी रहेको अवस्थामा सडक विस्तारका लागि अवरोध गरी बनेका संरचना भत्काउन डिभिजन माथि दबाव परेको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले संरचना भत्काउन थालिएको अभियान नरोकिने बताए । डिभिजनले सडकको मध्यबाट दुवैतर्फ २५–२५ मिटर आफ्नो सडक क्षेत्र रहने भनेको छ ।
नारायणगढका चर्चित भेटघाट तास रेष्टुरेन्ट र बैष्णव मिष्ठान्न भण्डारका घर समेत भत्काएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरेन्द्रनगरको हङकङ बजारमा नगरपालिकाको डोजर, व्यवसायीले गरे ढुंगामुढा
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर
आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा चल्यो महानगरको डोजर