काठमाडौं । बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
श्रीलंकाले नेपाललाई २६–२४, २५–१८ र २५–१७ ले पराजित गरेको छ । यससँगै नेपालको उपाधिको सम्भावना सकिएको छ । यसअघि नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो ।
अब नेपालले शनिबार लिग चरणको आफ्नो अन्तिम खेल किर्गिस्तानसँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवलमा इन्डो-नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिता शुरू
महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने
बौदीकालीले जित्यो अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने