ओली र प्रचण्डले पत्रकार सम्मेलन गर्दै

आइतबार, ०२ पुस २०७४, ११ : ४६
ओली र प्रचण्डले पत्रकार सम्मेलन गर्दै

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि दुवै दलले पहिलो पटक संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । नयाँ सरकार गठनको ढिलाईका विषयमा वाम गठबन्धनले पत्रकार सम्मेलनमा आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो ।

दुवै दलले राष्ट्रिय सभा विधेयकमा अवरोध खडा गरेर कांग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाइरहेका छन् ।
पत्रकार सम्मेलन होटल अन्नपूर्णमा ३ बजेका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस