काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बसिरहेको छ ।
पार्टीका महामन्त्री गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध को उठ्ने भन्ने टुंगो लगाउन बैठक बसिरहेको हो ।
बैठक आज बिहान ८ बजेदेखि काठमाडौंको एक होटलमा बसिरहेको छ । दुवै नेता आ आफ्नो अडानमा रहेकोले सहमति जुटाउन इतरपक्षलाई सकस भइरहेको छ ।
संसदीय दलको निर्वाचनका लागि आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, ०९ : ५१
लेखकबाट थप