देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ०१ पुस २०७९, १४ : ५७
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । 

विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने  तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो । 

अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस