फोटोनको इलेक्ट्रिक कार्गो भ्यान काठमाडौँमा

सफल खबर संवाददाता

विहीबार, २९ मंसिर २०७९, १० : १४
फोटोनको इलेक्ट्रिक कार्गो भ्यान काठमाडौँमा

काठमाडौं । बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौँमा ल्याइएको छ। केही समयअघि  फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा घोषणा गरेको थियो  ।

कम्पनीका अनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०।२३ प्ध्ज्  छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५  किलोमिटरसम्म छ ।  यसको ८५ प्  इन्जिन क्षमताका छन् भने २९०ल्m टर्करहेको छ।

 ७ क्युविक मिटर स्पेस रहेका  भ्यानले ११५०प्न् भार बहन क्षमता राख्छन्। डिपार्टमेन्ट स्टोर, इकमर्स, फार्मेसी, हार्डवेयर, ऋन्, कार्गो कुरियर, दुरसंचार प्रदायक जस्ता विभिन्न व्यवसायलाई बहुउपयोगी हुने कार्गो भ्यान काठमाडौँ आएको कम्पनीले जनाएको छ। 

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले  आफूहरु सम्पूर्ण इलेक्ट्रिक हुने यात्रामा रहेको जनाएको छ । केहि दिनभित्रै फोटोनका प्यासेन्जर भ्यान पनि आइपुग्ने जनाइएको छ । जुन स्कुल, होटल, रुट, अफिस लगायतका लागि बहुउपयोगी हुने कम्पनीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस