सुन मिश्रित कपडासहित दुई जना भारतीय नागरिक विमानस्थलबाट पक्राउ

सफल खबर संवाददाता

बुधबार, २८ मंसिर २०७९, २१ : ५८
सुन मिश्रित कपडासहित दुई जना भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । सुन मिश्रित कपडासहित दुई जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिरज कुन्नपिल्ली मोइदिन र पैसल कोत्तकुदिल अबु रहेका छन् ।

गत आइतबार एयर इन्डियाको उडानमा काठमाडौँबाट भारतको कलकत्ता जान लागेका मोइदिन र सोही दिन एयर इन्डिगोको उडानमा काठमाडौँबाट भारतको मुम्बई जान लागेका अबुले ल्याएको लगेजहरूलाई प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्ने क्रममा सुन मिश्रित कपडाहरू फेला परेको थियो । 

मोइदिनको ५ थान फुलबुट्टे कपडाहरू गलाएपछि ७४।७५० ग्राम सुन फेला परेको छ भने अबुबाट अबुबाट ७३।८९० ग्राम सुन फेला परेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस