सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षीय लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका १ का २० वर्षीय नितेश कुमार रजक र वडा नम्बर २ मलनियारीका २० वर्षीय राम कुमार महतो कोइरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लुकिछिपी बसेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले बताए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेस प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरेको जनाएको छ ।
गाउँ नजिकै रहेको कर्जन्हा नपा–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मंगलबार अपराह्न बाटो ढुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो हतियारले पेट र घाँटीमा प्रहार गरेका थिए । पक्राउ परेकाहरुविरुद्ध आजै जिल्ला अदालत सिरहामा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरुवा बन्दुकको गोली लागेर बालकको मृत्यु, २ जना पक्राउ
कैलालीमा अवैध काठसहित ३ जना पक्राउ
कल बाइपास आरोपमा ४६० वटा सिमसहित एकजना पक्राउ
१० महिना कैद भुक्तान गरेका युवक ठगी मुद्दामा फेरि पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ