काठमाडौँ। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । काठमाडौँको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी छन् । महाधिवेशनमार्फत १ अध्यक्ष, हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्ने गरी ३ उपाध्यक्ष र १ महासचिव निर्वाचित हुनेछन् ।
त्यसै गरी, अनुसन्धान तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा संगठन विस्तार र भाषा तथा संस्कृति हेर्ने गरी ४ जना सचिव निर्वाचित हुनेछन् । महाधिवेशनले एक कोषाध्यक्षसमेत निर्वाचित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, १९ : ४६
लेखकबाट थप