काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । सोमबार यहाँको न्यूनतम् तापक्रम ५।४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए।
उनका अनुसार आइतबार काठमाडौंको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम् तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ ।
सोमबार पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ मंसिर २०७९, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमपातसँगै चिसो बढ्यो