वाम गठबन्धनले जीत हाँसिल गरेपछि बालकोट पुगे राजेश हमाल

शनिबार, ०१ पुस २०७४, १७ : २१
वाम गठबन्धनले जीत हाँसिल गरेपछि बालकोट पुगे राजेश हमाल

भक्तपुर । वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा महानायक राजेश हमालले एमाले अध्यक्ष केपी  शर्मा ओलीलाई बधाइ दिएका छन् ।
हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ती र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन् ।
 आज शनिवार ओली निवास बालकोट पुगेर हमालले अध्यक्ष ओलीको  राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताए ।
 अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए ।
‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीले भने ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’
ओलीले चलचित्र हिरोहरुले  चलचित्रमा अभिनय मात्र नभई  देश बनाउनका लागी साँच्ची नै भूमिका निवार्ह गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस