काठमाडौं । नेपाल सरकारले दार्चुलामा भारतले महाकाली नदीको धार नेपाली बस्तीतिर फर्काएर अनधिकृत संरचना बनाएको र चारजना नेपालीमाथि ढुंगा प्रहार गरेको विषयमा भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार लैनचौरस्थित भारतीय दूतावासमार्फत् कूटनीतिक नोट नयाँदिल्लीस्थित विदेश मन्त्रालयलाई पठाएको हो । उक्त कूटनीतिक नोटमा नेपालले भारतलाई तीनवटा कुरामा ध्यान दिएर मात्रै सीमाक्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ।
दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर तथा सहमति कायम गर्नका लागि पहल गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, १८ : २६
लेखकबाट थप