काठमाडौं। वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया १ सय ६४ रनले विजयी भएको छ । ४ सय ९८ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले आफ्नो दोस्रो पारीमा ३ सय ३३ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि कप्तान क्रेग ब्राथवेटले शतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले १ सय १० बनाएर नेथन लियोनको बलमा बोल्ड भए । उनलाई ओपनर टागेनरेन चन्द्रपाउनले ४५ रन बनाएर राम्रो साथ दिए । तर, टोलीका मध्यक्रमका ब्याट्सम्यानहरु चम्कन सकेनन् । अन्त्यतिर रोस्टोन चेसले ५५ तथा अल्जारी जोसेफले ४३ रन बनाउँदै टोलीलाई केही बेर सम्हालेका थिए ।
अस्ट्रेलियाका लागि लियोनले ६ विकेट लिए भने ट्राभिस हेडले २ विकेट लिए । अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ विकेटको क्षतिमा ५ सय ९८ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । जवाफमा वेस्ट इन्डिज २ सय ८३ रन बनाएर आउट भएपछि अस्ट्रेलियाले दोस्रो इनिङ्स २ विकेटको क्षतिमा १ सय ८२ रनको स्थितिमा समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा दोहोरो शतक तथा दोस्रो पारीमा शतक बनाएका मार्नस लाबुसेन प्लेअर अफ द म्याच घोषित भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पनि इङल्याण्ड विजयी
अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको चुनौती
वेस्ट इन्डिजले दियो इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य
वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको विशाल चुनौती
वेस्ट इन्डिज पुग्यो नेपाली टोली
वेस्ट इन्डिजले न्युजिल्यान्डसलाई दियो १५० रनको चुनौती