काठमाडौं l तत्कालीन वनमन्त्री अग्नि सापकोटा चीन भ्रमणमा जाँदा २७ पुस ०७२ मा चिनियाँ समकक्षी चाङ च्याङलोङले गैँडा मागे । नेपालको एकसिंगे गैँडा चीनलाई उपहारस्वरूप दिन च्याङलोङले सापकोटासँग प्रस्ताव गरेका थिए । सापकोटाले तत्काल मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र प्रक्रिया अगाडि बढाउने वचन दिए । दुई मन्त्रीबीचको भेटमा भएको उक्त प्रयासले अब मूर्त रूप पाउँदै छ । नेपालले चीनलाई उपहारस्वरूप एकसिंगे दुई जोडी गैँडा दिँदै छ ।
यसअघि फरक-फरक चार चिनियाँ टोलीले गैँडाको अध्ययन गरिसकेको छ । नेपालतर्फबाट गैँडा उपहार दिन सबै प्रक्रिया पूरा भइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।
नेपालले उपहारमा दिने गैँडा जाँच्न चीनबाट एउटा टोली नेपाल आउँदै छ । चीनको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि ९साइटिस०का महानिर्देशकसहित ६ प्रतिनिधि बुधबार आउँदै छन् भने २ जनाको भेटेरिनरी टोली बिहीबार आउनेछ ।
साइटिस र भेटेरिनरी टोलीले जाँच गरी गैँडा लैजाने निश्चित भएपछि चिनियाँ कार्गो विमानसहित अर्को टोली आउनेछ । ‘बुधबार र बिहीबार आउने टोलीले गहन अध्ययन गरेपछि कार्गो विमानसहित चिनियाँ टोली आउँछ,’ खड्काले भने, ‘जति छिटो उनीहरूले आफ्नो काम अघि बढाउँछन्, त्यति नै छिटो गैँडा चीन पुग्छ ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १३ असार २०७५, ०७ : ४२
लेखकबाट थप