झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताएका छन् । भद्रपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ ।”
राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उनले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचारअनुसार आआफ्नो मार्ग पहिल्याएर अघि बढेको बताए ।
“कसैलाई एउटा बाटो मन पर्छ, कसैलाई अर्कै”, झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, “हामी आआफ्नो विचार र आस्था लिएर अघि बढेका छौं, गन्तव्य सबैको एउटै ध्यय हो, बाहिर चर्चा भएजस्तो यहाँ राजतन्त्र र गणतन्त्रबीचको लडाइँ कदापि होइन ।”
झापा ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल जनताको समृद्धिका लागि नै भएको उनको भनाइ छ । आफ्नो चुनावी जीत सुनिश्चित भएको उनको भनाइ छ । मुलुकमा सुशासन र व्यवस्था परिवर्तनको अपेक्षा राख्ने सबै मतदाताले आफूलाई मतदान गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता
सडक मार्ग अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङदेनको माग
तीन नेताको निलम्बनपछि आक्रोश : राप्रपा नेतृत्वको अन्यायपूर्ण निर्णयविरुद्ध सङ्घर्ष गर्छौँ