गुञ्जानगरबासीको चाहाना : गठबन्धन सरकार

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, १६ : ४३
गुञ्जानगरबासीको चाहाना : गठबन्धन सरकार

चितवन । मंसिर ४ को निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवार पश्चिम चितवनको भरतपुर १७ गुञ्जानगर क्षेत्रमा पुगेका छन् । त्यस क्रममा स्थानीयहरूले केही आफ्ना आवश्यकता र मागहरू राखे । नारायणी तटबन्धदेखि वन्यजन्तुले खेती खाएको सम्म उनीहरूका गुनासो थियो ।

गोब्रेनीका स्थानीय सितामान तामाङ्गले भने,'बदेलले खेती खायो, गैडा, चित्रीले पनि हैरान बनायो, तार लगाउनपर्छ, डा.सावले पहल गर्नुहोला' नारायणी तटबन्धलाई कार्यान्वयन गर्न गोब्रेनीबासीको माग छ । घरदैलोका क्रममा भुवनवस्तीका स्थानीयले सबैका लागि समतामूलक योजना निर्माण गर्न सुझाव दिए ।

स्थानीय ज्योती रानाले सडक र ढल पुर्वाधारलाई पनि प्राथमिकतामा राख्न आग्रह गरिन् । चितवनको विकास र समृद्धिका लागि गठबन्धनलाई निर्वाचित गर्ने उनले बताईन् । गुनासो आफ्नै मान्छेलाई गर्ने हो, ज्योतीले भनिन्, 'जनतालाई अलि ध्यान दिन पर्योू'। स्थानीय सहकारीका अध्यक्ष प्रकाश खड्काले गठबन्धनका उम्मेदवारलाई समर्थन जनाउदैं स्पष्ट सहकारी निति बनाउन माग गरे ।"सहकारीलाई सहज मल वितरणको व्यवस्था गर्ने नियम बनाउन मेरो अनुरोध छू अध्यक्ष खड्काले भरतपुर महानगरले जनतालाई दिएको सहयोग सर्हानिय छ, प्रदेश र केन्द्र सरकारको पुर्ण सहयोग होस्" ।

चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक(बाम गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीले जनता आवशयकता अनुसारकै काम गर्ने बताए । नारायणी तटबन्ध टेन्डर भईसकेको उल्लेख गर्दै उनले आफ्नै कार्यकालमा तटबन्ध निर्माण सम्पन्न गरिने बताए । यस्तै चितवन क्षेत्र ३(१) का प्रदेश सदस्य उम्मेदवार डा. सुर्यकान्त घिमिरेले यहाँका योजनालाई प्राथमकिकरणका आधारमा कार्यक्रम अघि बढाईने बताए । गठबन्धनकै पहलमा नारायणी तटबन्ध अघि बढेकाले यसलाई पुर्णता दिन पनि गठबन्धन सरकार आवश्यक रहेको डा। सुर्यकान्तले बताए ।

प्रतिक्रिया दिनुहोस