काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा भुटानविरुद्ध ७–० गोलको फराकिलो जित दर्ता गरेको नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो ।
खेल दिउँसो सवा ४ बजे सुरुहुने छ । बंगलादेशले पनि पहिलो खेलमा भुटानविरुद्ध ८–० को फराकिलो जित निकालेको थियो । नेपाल र बंगलादेश उस्तै टोली भएकाले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
जारी प्रतियोगितामा ३ टोलीको मात्रै सहभागिता रहेको छ । डबल राउण्ड रोविन लिगका आधारमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । बंगलादेश र नेपालको समान ३ अंक रहेको छ । बंगलादेश शीर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा छ । भुटानले कुनै पनि अंक जोडेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ कार्तिक २०७९, ०८ : ४०
लेखकबाट थप