रणवीर-दीपिकाको बिहे नोभेम्बर १० मा हुने

एजेन्सी

शनिबार, ०९ असार २०७५, १३ : ०८
रणवीर-दीपिकाको बिहे नोभेम्बर १० मा हुने

एजेन्सी । दीपिका पाडुकोण र रणवीर कपुरको विवाहको मिति तय भएको छ । मिडिया रिपोर्टका अनुसार यही वर्षको नोभेम्बर १० मा दुई जना विवाह बन्धनमा बाँधिने छन् । यसअघि विवाह १९ नोभेम्बरमा हुने भनिएको थियो ।

यद्यपि, केही कारणले विवाह १० दिनअघि सारिएको छ । दुवै परिवार यो मितिका लागि राजी भइसकेका छन् ।यसअघि, दुई जनाले जनवरीमा नै विवाह गरिसकेको समाचारहरु पनि बाहिर आएको थियो ।

रिपोर्टका अनुसार दीपिका पाडुकोणको जन्मदिन ५ जनवरीका दिन उनीहरुको विवाहको मिति तय भएको थियो । त्यतिबेला दुवै परिवार मालदीभ्समा छुट्टी मनाउन पुगेका थिए ।

दुवै परिवारले विवाह तयारी धुमधामले शुरु गरिसकेका छन् । यसअघि रणवीर–दीपिकाले उदयपुरमा विवाह गर्ने बताइएको थियो  । तर, अहिले विवाह बैंगलुरु वा इटालीमा हुनेछ । त्यसपछि साथी तथा समकक्षीहरुलाई मुम्बईमा रिसेप्शन होस्ट गरिनेछ ।

दीपिका र रणवीरले आफ्ना कर्मचारीहरुको तीन महिना (अक्टुबर, नोभेम्बर र डिसेम्बर) को छुट्टी रद्द गरिसकेका छन् । यसले पनि उनीहरुको विवाह चाँडै हुने संकेत गर्छ ।

यति मात्र होइन, विवाहकै कारण रणवीर अभिति  रोहित शेट्टीको निर्देशनमा बनिरहेको चलचित्र सिम्बाको शुटिङ पनि चाँडै सक्ने प्रयास भइरहेको छ । रोहितले यसबारे जानकारी दिइसकेका छन् ।

यता, रणवीरले पनि कुनै नयाँ प्रोजेक्टमा हस्ताक्षर गरेका छैनन् । उता, दीपिकाले पनि पद्मावतपछि कुनै चलचित्र साइन गरेकी छैनन् ।

पद्मावत पछि उनले विशाल भारद्वाजको निर्देशनमा बनिरहेको ग्याङस्टर ड्रामा चलचित्र गर्ने भनिए पनि इरफान खान अस्वस्थ भएपछि यसको सुटिङ शुरु नै हुन पाएन । दीपिका अक्टुबरदेखि डिसेम्बरसम्म डेट फ्रि राख्न चाहन्छिन् ।

 

प्रतिक्रिया दिनुहोस