हुम्ला । गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भयो। स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उनको गाउँमै मृत्यु भएको हो ।
सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिफ्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो । यही कात्तिक १५ गते हुम्लाको अदानचुली गाउँपालिका–५ काँखे गाउँकी २० वर्षीया रङ्गिता शाहीको पनि सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।
स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको आफन्त बलबहादुर शाहीले गुनासो गरे। गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्याउन नसक्दा मृत्यु भएको बलबहादुरको भनाइ छ । हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाजको टिकट पाउन मुस्किल हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त
झापामा गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो