ब्राजिल र कोस्टारिका पहिलो हाफसम्म गोलरहित बराबरीमा

शुक्रबार, ०८ असार २०७५, १८ : ३८
ब्राजिल र कोस्टारिका पहिलो हाफसम्म गोलरहित बराबरीमा

चितवन । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समुह ‘ई’ को खेलमा ब्राजिल र कोस्टारिकाले पहिलो हाफसम्म गोलरिहत बराबरी खेलका छन् ।
खेलको सुरुवाती समयदेखि नै ब्राजिलले बल आफ्नो नियन्त्रणमा लिएको थियो । दुबै टिमले गोल गर्ने केही राम्रा अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । प्रतिस्पर्धात्मक खेल जारी छ ।
यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।  कोस्टारिका भने सर्बियासँग १-० गोलले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस