भक्तपुरबाट लागूऔषधसहित दुईजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०७ कार्तिक २०७९, ११ : ५१
भक्तपुरबाट लागूऔषधसहित दुईजना पक्राउ

भक्तपुर । भक्तपुरको कमलविनायकबाट लागूऔषध बिक्री वितरण तथा ओसारपसार संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने बर्ष ३३ का रविन तामाङ र सोही स्थानमा घर भई हाल कमलविनायक नै बस्ने वर्ष ३४ की सुस्मिता खड्का रहेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको डेराकोठामा खान्तलासी गरी हेर्दा लागूऔषधसहित चोरी गरी राखिएका मोटरसाइकलको हेल्मेटसमेत फेला पारेकोे जनाएको छ ।

लागूऔषधसम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस