काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफु पार्टीको सम्पर्कमै रहेको प्रष्टिकरण दिएका छन् । सोमबार साँझ नेकपा एमाले सुदूरपश्चिमका नेताहरुले रावल पार्टीको सम्पर्कमै नरहेकाले उनको उम्मेदवारीबारे विकल्प सोच्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।
तर, रावलले भने आफु पार्टीको सम्पर्कमा नरहेको भन्ने अभिव्यक्ती गलत भएको भन्दै अहिले पनि आफु अछाम निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न कार्यक्रममा सहभागी भइरहेको बताए । ‘म अहिले पनि अछाममा पार्टीकै कार्यक्रममा छु । पार्टीको जिम्मेवारी अनुसार नै जनता कार्यकर्तासँग पुगिरहेको छु’, रावलले भने ।
नेता रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटीबाट भएका औपचारिक कार्यकर्ता भेला तथा भेटघाटमा सहभागी भइरहेको र भेलामा जानुभन्दा अगाडि जिल्लाका इन्चार्जलाई समेत जानकारी गराएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिम रावल, बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय