काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामआ एकैदिन ३ हजार ५३२ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा मंगलबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जना, लेन अनुशासन पालना नगर्ने ६९, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १७९ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।
यस्तै ३ हजार १५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा ८ महिनामा ९ सय ५० सवारी चालक कारबाहीमा, ९ लाख ९३ हजार राजस्व सङ्कलन
सुदूरपश्चिममा १० महिनामा ६३ हजार सवारी चालकलाई कारबाही, ४ करोड राजस्व सङ्कलन
उपत्यकामा दुई सय ४१ सवारी चालक कारबाहीमा