नवोदय स्काउटको शक्तिखोरमा पदयात्रा सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, ०४ असोज २०७९, १४ : ३३
नवोदय स्काउटको शक्तिखोरमा पदयात्रा सम्पन्न

चितवन । पुर्वि चितवनको खैरहनी नगरपालिका वडा नम्वर (१ मा अवस्थित नवोदय विध्यालय द्वारा संचालित नवोदय स्काउट ट्रुपको आयोजनामा 'पदयात्रा तथा प्रतिभा खोजी कार्यक्रम २०७९ ' सम्पन्न भएको छ।

आठौँ संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम (पदयात्रा) चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा रहेको सिन्ति झरना क्षेत्रमा गरिएको हो।नवोदय स्कुलकि प्राचार्य सिस्टर एलिस मोन्टेरोको अध्यक्षता रहेको उक्त कार्यक्रममा सिएएलटि सन्तोष बस्ताकोटी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। कार्यक्रममा स्वागत मनतव्य विद्यालयकि स्काउट शिक्षिका सुष्मा दराईले राखेकी थिइन् । 

कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक फादर माईकल चिरायथले स्काउट विद्यार्थीको शारीरिक,मानसिक र सामाजिक विकासको लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए। उनले स्काउट लक्षित कार्यक्रम निरन्तर रुपमा गर्न आफू सदैव तत्पर रहेको समेत बताए।

कार्यक्रममा विभिन्न ५ खेल खेलाईएको थियो । जस अन्तर्गत बेलुन ब्लाष्ट केटा तर्फ घोडा समूहू,बेलुन ब्लाष्ट केटि तर्फ ढुकुर समूहू , मेमोरी टेष्ट तर्फ ढुकुर समूहू ,टिम ब्विल्ड तर्फ घोडा समूह र क्याच द बोटल तर्फ रश्मि चेपाङ्ग विजयी भएका थिए।

सो कार्यक्रममा नृत्य तर्फ नबिता चेपाङ्ग (एकल) र ढुकुर समूह (सामुहिक ) विजयी भएका थिए। त्यस्तै,गायन तर्फ क्रमशस् एनुका चेपाङ्ग,दुर्गा चेपाङ्ग र सन्दिप चेपाङ्ग प्रथम,द्वितीय तृतीय भएका थिए भने हाँस्य विधा तर्फ अनिल चेपाङ्ग विजयी भएको कार्यक्रम संयोजक तथा विद्यालयकि स्काउट शिक्षिका सुष्मा दराईले बताइन्।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक फादर माईकल चिरायथ, शिक्षकहरु सिस्टर कार्मेलिटा डिसुजा, कविता देवकोटा,तेजेन्द्र कुँवर ,दिपा बस्नेत , पुर्व विध्यार्थीद्वय मुना चेपाङ्ग र आरती चेपाङ्ग लगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रम विद्यालयका शिक्षक अरुण नेपालले संचालन गर्नुभएको थियो। विद्यालयमा हाल सिमान्तकृत चेपाङ्ग समुदायका ३२० बालबालिका अध्ययनरत छन।

प्रतिक्रिया दिनुहोस