काठमाडौं । सन् २०२२ को साढे ९ महिनाको अवधिमा विभिन्न हिमाल आरोहण शुल्क बापत सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपाल पर्यटन विभागका अनुसार जनवरी १ देखि सेप्टेम्बर १४ सम्ममा हिमाल आरोहण शुल्क (रोयल्टी) बापत ४ लाख १८ हजार ७५ अमेरिकी डलर अर्थात् ५ करोड ३२ लाख २७ हजार हजार ५९२ रुपैयाँ संकलन भएको हो ।
समीक्षा अवधिमा विभिन्न ८ वटा हिमाल गरी ४८ समूहमा कुल ४५४ जनाले हिमाल आरोहणको अनुमति लिएको विभागको भनाइ छ । जसमध्ये ३४४ पुरुष र ११० महिला रहेका थिए ।
आरोहीहरुले माउन्ट धौलागिरी, गन्चेबो, माउन्ट हिमलुङ, कुम्भकर्ण, मनास्लु, नुप्से, सगरमाथा र माउन्ट सर्बुङ्गका लागि अनुमति लिएका थिए । विभिन्न ६० मुलुकहरुबाट आरोहीहरु नेपाल आएको विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाल चढ्न २६४ आरोहीले लिए अनुमति