बाँकेका ५ हजार विद्यार्थीलाई पक्की छानामा ल्याउन सफल भयौंं : मन्त्री अथक

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १४ : ४५
बाँकेका ५ हजार विद्यार्थीलाई पक्की छानामा ल्याउन सफल भयौंं : मन्त्री अथक

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेका ५ हजार विद्यार्थीलाई पक्की छानामुनी ल्याउन सफल भएको बताएका छन । बाँकेका बिद्यालयमा आफुले टिनको छाना बिस्थापित गर्ने अभियान सञ्चालन गरेको बताउँदै मन्त्री अथकले आफ्नो कार्यकालमा झण्डै ५ हजार बिधार्थीलाई पक्की
छानामा ल्याईएको बताए ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका १९ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गर्दै मन्त्री अथकले विद्यालयहरुमा टिनको छाना बिस्थापित गरी पक्की कक्षाकोठा निर्माण गर्ने अभियानले सार्थकता पाउँदै गएको बताए। आफु साँसदका रुपमा निर्वाचित भएलगत्तै सुरु गरीएको अभियानबाट जिल्लाका ३२ बढि विद्यालयमा एक सयको हाराहारीमा पक्की कक्षाकोठा निर्माण गर्न सफल भएको भन्दै उनले खुसी
समेत ब्यक्त गरे ।

भवन उद्घाटन गर्दै मन्त्री अथकले आफु बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने भएकाले समग्र बाँके जिल्लाको बिकास र समृद्धिका लागि निरन्तर लागिपरेको बताए । नेपालगंज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा बिकास गर्न गरिएको प्रयासका कारण केही काम अघि बढेको बताउँदै मन्त्री अथकले छिट्टै त्यसले पूर्णता पाउने विश्वास समेत ब्यक्त गरे ।

नौवस्ता औद्योगिक क्षेत्र, बैजनाथको मानसरोवर स्मारक पार्क, आधुनिक कवर्ड हलसँगै कोहलपुरमा राष्ट्रियस्तरको महिला क्रिकेट एकेडेमी निर्माणको प्रक्रिया अघि बढिसकेको बताउँदै मन्त्री अथकले सिक्टा सिँचाई आयोजना, राप्तीपारी विद्युतिकरण र हुलाकी सडक निर्माणकालागि गर्नुपरेको संघर्षले आफुलाई थप जिम्मेवार र लगनशिल बनाएको बताए। उनले अन्तर प्रदेश जोड्ने सडक संजालअन्तर जिल्ला जोड्ने सडक संजाल, स्वास्थ्य र शिक्षाको बिकास, भेरी बबई डाईभर्सनसंगै अन्य थुप्रै बिकास र समृद्धिको प्रकिया अघि बढिसकेको भन्दै खुसी ब्यक्त गरे।

कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँ ले २०४० सालमा स्थापना भएको बिद्यालयको बिकासका लागी धेरै नेताहरुले आश्वासन दिएपनि काम नगरेको दुखेसो पोखेका थिए । उनले मन्त्री अथकको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४ कोठे पक्की भवन निर्माण गर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा बिद्यालयको भौतिक पुर्वाधार बिकासका साथै खेलमैदानलाई ब्यवस्थित बनाईदिन पनि मन्त्री अथकसँग आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस