एजेन्सी । युक्रेनले प्रतिआक्रमण तीब्र पारेसँगै रुसी सेनाहरू प्रमुख पूर्वी शहरहरूबाट पछि हटेका विवरण सार्वजनिक भएका छन् । युक्रेनी अधिकारीहरूले शनिबार रूसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेको बताएका छन् ।
रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्न नजिकैको इज्युमबाट पछि हटेको जनाएको छ । दोनेत्स्क मोर्चामा ‘प्रयासलाई बलियो बनाउन’ तेस्रो प्रमुख सहर बालाक्लियाबाट सेना फिर्ता गरेको मन्त्रालयले पुष्टि गरेको छ ।
रसियाले अप्रिलमा किभ वरपरका क्षेत्रबाट पछि हटेपछि युक्रेनी सेनाले गरेको सबैभन्दा महत्वपूर्ण प्रगाति हो । यसैबीच, आफ्नो नियमित रात्रीकालीन सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले २ हजार वर्गकिलोमिटर क्षेत्रफल मुक्त गरेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ भदौ २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु
रुसी सेनामा गएका परिवारजनको उद्धारको माग गर्दै अनसन
रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : प्रदीप पौडेल
रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा र सकुशल उद्धार गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण
रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण