काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाटै नै चुनावी प्रतिस्पर्धामा सहभागी हुने बताएका छन् ।
शुक्रबार प्रशिक्षणका लागि सुर्खेत आएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले चितनवन–३ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने कुरा नसोचेको बताए ।
उसो भने एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग प्रतिस्पर्धा हुने भयो हैन त ? भन्ने पत्रकारको जिज्ञासामा उनले बादलसँग आफ्नो तुलनै हुन नसक्ने बताए । उनले भने, ‘ ह्या...! तुलना नै नहुने कुरा पत्रकार साथीहरुले नसोध्नुहोस् न ।’
साथै प्रचण्डले एमालेसँग तालमेल हुन असम्भव रहेको प्रष्ट पारे । उनले भने,‘ओलीले गरेका प्रतिगमनकारी कुराहरुको छिनोफानो नभएसम्म एमालेसँग तालमेलको कुरा असम्भव छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिने छ: प्रचण्ड
हिजो क्रान्तिको प्रतीक झापा अहिले प्रतिक्रान्तिको बन्ने खतरा देखिँदैछ : प्रचण्ड
मधेस जागरण अभियान सुरु गर्दै प्रचण्ड
माओवादी केन्द्रले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् : प्रचण्ड
२०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन् : प्रचण्ड