काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भारतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीहरुलाई समकक्षता दिन हाललाई स्थगित गरेको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै हाललाई समकक्षता स्थगन गरिएको जानकारी दिएको छ।
त्रिविका अनुसार भारतको राजस्थानको संघानियाँ विश्वविद्यालय, मेवार विश्वविद्यालय, झारखण्डको साइनाथ विश्वविद्यालय र पञ्जाबको लभ्ली प्रोफेसनल विश्वविद्यालयबाट उच्च शिक्षा लिएका विद्यार्थीहरुलाई समकक्षता दिन स्थगित गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्यो
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो
त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र
त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित