काठमाडौँ । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बुधबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सो छलफललाई आज पनि निरन्तरता दिइएको हो ।
कार्यदल बस्नुअघि सत्तारुढ पाँच दलका शीर्ष नेताबीच छलफलसमेत भएको थियो।
कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन् । जसमा सहमति जुटाउन सहज भने छैन । पटकपटक बसेका बैठक सकारात्मक छलफल भएपनि बिना निष्कर्ष टुंगिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक सकियो, अर्को बैठक विहिबार बस्ने
काँग्रेस थप लचक बन्यो, अब सहमति होला : महेशकुमार बर्तौला
संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु
कार्यदलको बैठक आज बस्दै
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए