केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रिभोज

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, २० : ३०
केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रिभोज

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन्। काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन्।

तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ। बेलुकी ६ बजेदेखि एभरेस्ट होटलमा रात्रिभोज चलिरहेको हो।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज सकिएको छ। एमालेले भोलि केन्द्रीय निर्वाचन कमिटी बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस