काँग्रेसमा नयाँ नेतृत्वको खाँचो छः नेता भण्डारी

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १९ : ४२
काँग्रेसमा नयाँ नेतृत्वको खाँचो छः नेता भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने की नजाने भन्ने दोधारमा रहेको बताए । नेपाली काँग्रेसमा पनि परिवर्तनको खाँचो रहेको भन्दै उनले अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने दावी गरे ।

नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको दावी गरे । नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न नखोज्न आग्रह गरे। देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै उनले यो नेपालको राजनीतिको ठूलो चुनौति भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस