बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बुटवल आएका छन् ।
लुम्बिनी प्रदेशका पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिन प्रचण्ड साढे ११ बजे बुटवल आएका हुन् । पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार प्रचण्डले दिउँसो तीन बजेसम्म पार्टीका नेताहरुलाई प्रशिक्षण दिनेछन् । दिउसो ३ बजे पत्रकार सम्मेलन गरिने पार्टीले जनाएको छ ।
प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन पनि बुटवल आएका छन् । बुटवलको कार्यक्रम सकेर नेताहरु आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् : प्रचण्ड
२०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन् : प्रचण्ड
सरकारमा हुँदा हामीले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दियौं : प्रचण्ड
शहीदको बलिदानका कारण राजनीतिक परिवर्तन सम्भव भयो: प्रचण्ड
मलाई काँग्रेस-एमालेले होइन, भ्रष्टाचारी भू-माफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन् : प्रचण्ड