बालेनप्रति महेश बस्नेतको टिप्पणी–डोजर ड्राइभरको स्टाइल सस्तो लोकप्रियता मात्र

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १७ : ५०
बालेनप्रति महेश बस्नेतको टिप्पणी–डोजर ड्राइभरको स्टाइल सस्तो लोकप्रियता मात्र

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाहको कार्यशैली ‘सस्तो लोकप्रियताबाट प्रेरित’ रहेको टिप्पणी गरेका छन् । निश्चित व्यक्तिसँगको इगोका कारण सिंगम स्टाइलमा बालेनले काम गरेको उनले आरोप लगाए । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार पत्रकारले सोधेको एक प्रश्नको जवाफमा बस्नेतले बालेन डोजरको ड्राइभर स्टाइलले काम गरिरहेको आरोप लगाएका हुन् । ‘संविधानले व्यक्तिको सम्पत्तिको रक्षाको कुरा गरेको छ, रोजगारीको सिर्जनाको कुरा छ । साना र मझौला व्यावसायीको बिजोक हुने अवस्था छ’, बस्नेतले भने, ‘दुई–चारवटा डोजर अगाडि लगाएर डोजर ड्राइभर स्टाइलले आफैँ अगाडि बढ्ने कुराले सस्तो लोकप्रियता त हासिल होला, तर मुलुकको अर्थतन्त्र ध्वस्त गर्ने काम नगरौँ ।’

काठमाडौंको नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्समा अनधिकृत ढंगले बनाएको संरचनामा बालेनले डोजर चलाएपछि बस्नेत र मेयर शाहबीच सामाजिक सञ्जालमार्फत दोहोरी चलेको थियो ।
 

प्रतिक्रिया दिनुहोस