काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीको तर्फबाट सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेको अवस्थामा माओवादी केन्द्रले दुई मन्त्रीलाई फिर्ता बोलाएको हो ।
माओवादी स्रोतका अनुसार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको छ । पार्टीको भागमा परेको उक्त दुई मन्त्रालयलमा अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई पठाउने तयारी भइरहेको बताइएको छ ।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । मन्त्री हुन बाँकी रहेका कृष्णा शाह र रातो कामी पनि अन्तिम समयमा मन्त्री बन्ने भएको एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १३ : ४७
लेखकबाट थप