महाअभियोग प्रकरणः

निलम्बित प्रधानन्यायाधीश जबराविरूद्धका प्रमाणहरू माग

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १२ : १२
निलम्बित प्रधानन्यायाधीश जबराविरूद्धका प्रमाणहरू माग

काठमाडौं । संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ ।शुक्रबार सार्वजनिक सूचना जारी गर्दै समितिको सचिवालयले तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायसँग माग गरेको हो । 

बिहीबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो। 

 

प्रतिक्रिया दिनुहोस