राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौंः सभामुख भण्डारी

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १६ : ०७
राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौंः सभामुख भण्डारी

काठमाडौं । प्रदेश-१ का प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन् ।बिहीबार प्रदेश-१ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । 

उनले मानवनिर्मित प्रकोपलाई न्यूनीकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिए । सभामुख भण्डारीले प्रदेश-१ विपद्का हिसाबमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बताए । उनले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने बताए । उनले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न नसकेको बताए । 

सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपद्का घटना हुन नदिन बेलैमा पूर्वतयारीका साथ अघि बढ्नुपर्ने बताए । उनले नागरिक लाभान्वित हुने गरेर कानुनको कार्यान्वयनमा सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस