नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरूसँग परामर्श गर्नु संविधानविपरीत : बाबुराम भट्टराई

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १२ : २५
नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरूसँग परामर्श गर्नु संविधानविपरीत : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरूसँग परामर्श गरेको बताएका छन् ।आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन् । 

सोहीक्रममा बुधबार उनले नेपाली सेनाका पूर्वजर्नेलहरूसँग छलफल गरेकी थिइन् । तर, उनको सो छलफल संविधानविपरीत रहेको  भट्टराईको दाबी छ । नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार नदिएको भन्दै उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक÷पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपाललको संविधान अनुकूल भएन ।’ 

चुनावको मुखमा ‘राष्ट्रपति उत्तेजना फैलाएर अमूक दल र नेतालाई सघाउन खोज्न नहुने पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ छ । 

‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक÷पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन ।नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार दिएको छैन । चुनावको मुखमा ‘राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दल÷नेतालाई सघाउन खोजेको भए झन् भएन,’ बाबुरामले ट्विटमा उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस