एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउँदै

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १२ : ००
एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ । समाजवादीले निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा आज पार्टी पुनर्गठन दिवस मनाउन लागेको हो ।

कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नेछन् ।गतवर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।

प्रतिक्रिया दिनुहोस