पाकिस्तानमा ‘मिसाइल प्रहार’ गरेको आरोपमा भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, ११ : ४५
पाकिस्तानमा ‘मिसाइल प्रहार’ गरेको आरोपमा भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

काठमाडौं । भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ । यो घटनाले दुई आणविक हतियारयुक्त देशबीच तनाव बढाएको थियो । 

दिल्लीले उक्त घटनालाई नियमित मर्मतसम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थियो । इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरबाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र भविष्यमा नदोहोर्याउन चेतावनी दिएको छ । 

९मार्चको घटनाका लागि जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको भारतीय वायुसेनाले एक विज्ञप्तिमा जानकारी दिएको छ । ब्रह्मोस रसिया र भारतले संयुक्त रूपमा विकास गरेको एक परमाणु–सक्षम क्रुज मिसाइल हो । क्षेप्यास्त्रले मार्च ३ मा १२ हजार  मिटरको उचाइमा पुगेर दुर्घटना हुनुअघि पाकिस्तानी आकाशमा १२४ किलोमिटर उडेको थियो । क्षेप्यास्त्रले भारत र पाकिस्तानी हवाई क्षेत्रमा धेरै यात्रु र अन्तर्राष्ट्रिय उडानका साथै जमिनमा मानव जीवन र सम्पत्तिलाई खतरामा पारेको पाकिस्तानी वायु सेनाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस