काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारूढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।बैठक आज बिहीबार बिहान ९ बजेबाट सुरु हुने भनिए पनि केही ढिलागरी सुरु भएकाे हाे।
कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित छन्। कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन्।कार्यदलको बैठक बालुवाटारमा पटक-पटक बस्दै आए पनि सत्तारूढ दलहरूबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, ११ : २५
लेखकबाट थप