काठमाडौं उपत्यकामा एकैदिन ३१ सय ९६ जना सवारी चालकमाथि कारबाही

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, ११ : १७
काठमाडौं उपत्यकामा एकैदिन ३१ सय ९६ जना सवारी चालकमाथि कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १९६ जना सवारी चालकलाई कारबाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा १९७ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरु रहेका छन् ।लेन अनुशासन पालना नगर्ने ७०, रेड लाइटमा सवारी साधन चलाउने ६३, निषेधित क्षेत्रमा हर्न बजाउने १९९, नम्बर प्लेट राम्रोसँग नराख्ने २२ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २ हजार ६५५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस