काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रेहका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न विषयमा छलफल भएको छ ।
झन्डै ६ महिनापछि बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओलीले प्रधानमन्त्री देउवालाई समसामयिक राजनीतिक घटनाका विषयमा ध्यानाकर्षण गराएका छन् । भेटवार्तामा एमालेका उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेल तथा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।
प्रवक्ता कार्कीका अनुसार भेटवार्तामा ओलीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निष्पक्ष हुनुपर्ने तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयकमा प्रतिपक्षीसँग पनि छलफल गरेर अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
साथै विवादित बनेको नागरिकता विधेयकमा पनि छलफल भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् तर, सरकारले भदौ २ गते हुबहु फेरि प्रतिनिधि सभाबाट पारित गरेको छ । यसमा एमालेले सातवर्षे हदम्याद राखेर सर्वस्वीकार्य बनाउन माग राख्दै आएको थियो ।
भेटमा ओलीले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएर जनताकाे जनजिवन कष्टकर बन्दै जाँदा पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेकोमा समेत ध्यानाकर्षण गराएका छन् । यी सबै विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिएकाे र पाँच दलीय गठबन्धनमा समेत छलफल गरेर अघि बढ्ने बताएकाे प्रवक्ता कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ भदौ २०७९, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)