माओवादी केन्द्र

अन्तरघात छानबिन समितिले बुझायो प्रतिवेदन

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १५ : १०
अन्तरघात छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तरघातबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ । सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रमका बीच अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदन चार परिच्छेदमा विभक्त  रहेको राईले बताए । पहिलोमा समितिको छानबिनको सामान्य उदेश्य, समयसीमा, अध्ययनको विधि, पद्धति र क्षेत्रको विषयमा उल्लेख छ । दोस्रोमा उजुरी र उजुरीसँग सम्बन्धित व्यक्तिसग लिएको बयान र तथ्य तथ्यांक समावेश छ भने तेस्रो परिच्छेदमा पार्टीले गर्नुपर्ने कारबाहीसम्बन्धी सिफारिस रहेको छ । यस्तै चौथोमा समितिले पार्टीलाई दिएको आवश्यक सुझावहरु उल्लेख छ । 

राईले छानबिनका क्रममा ५०० जन्दा बढी व्यक्तिसँग अन्तरक्रिया गरिएको बताउँदै  उनीहरुले दिएको जानकारीको आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताए । सो क्रममा अन्तरघातबारेको केही अडियो र भिडियो पनि संकलन गरिएको उनले बताए । समितिले अन्तरघातमा संलग्न केही नेतामाथि कारबाहीको सिफारिस गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस