बागमती प्रदेश सभाका सांसद बिराजभक्त श्रेष्ठले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १४ : ४२
बागमती प्रदेश सभाका सांसद बिराजभक्त श्रेष्ठले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । बागमती प्रदेश सभाका सांसद बिराजभक्त श्रेष्ठले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन्।हरेक वर्षझैँ यस वर्ष पनि प्रत्येक मतलाई सम्मान गर्दै नागरिकहरूप्रति जवाफदेहिता र जनउत्तरदायित्वको अभ्यास अन्तर्गत सांसदको जिम्मेवारीमा श्रेष्ठले गरेका मुख्य महत्त्वपूर्ण कार्यहरूको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको उनको सचिवालयले जानकारी गरेको छ।

वार्षिक प्रतिवेदनमा बिराजभक्त श्रेष्ठले विगत ५ वर्षमा प्रदेश सभामा के के गरे, प्रदेश सभामा कुन कुन मुद्दामा आवाज उठाए र कुन कुन विधेयकमा संशोधन हाले भन्ने उक्त कार्यक्रममा जानकारी दिइएको थियो। वार्षिक प्रतिवेदन सार्वजनिक गर्न युवाहरू र महिलाहरूलाई अगाडि सारिएको थियो।

कार्यक्रममा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्नो मन्तव्य राखेका थिए।  कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले आफूले जे गर्नुपर्ने हो त्यही गरेको र आगामी दिनमा सडक र सदनबाट निरन्तर योगदान गरिरहने बताए।

उनले सम्पदा संरक्षण र वातावरण संरक्षणको मुद्दामा निरन्तर क्रियाशील रहने पनि बताए। उनले यो प्रदेश सभाको कार्यकाल चुनौतीपूर्ण रहेको समेत सुनाए। कार्यक्रम उनले आफ्नो गुरु उज्ज्वल थापालाई स्मरण गर्दै सुशासन, सुसंस्कृत राजनीति र समृद्धिका लागि निरन्तर राजनीति गर्ने समेत बताएका थिए।

प्रतिक्रिया दिनुहोस